Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रालयको भागवन्डाबारे छलफल गर्न गठबन्धन बैठक सुरु

मंगलबार, चैत १४, २०७९

काठमाडौं –सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्को पूर्णता र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

सरकार विस्तारका लागि नेताहरुसँग छुट्टाछुटै छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बैठकमा छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा मंगलबार लागि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो ।

सोही बमोजिम कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूलाई बैठकमा सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्