साफ यू–१७ : नेपाल र बंगलदेश बराबरीमा रोकियो
काठमाडौं–साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी खेलेको छ ।
मंगलबार भएको खेलमा नेपालले घरेलु टिम बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको आठौं मिनेटमा सेनु परियारको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो । त्यसपछि नेपालमाथि बंगलादेशले लगातार दबाब दिएको थियो ।
दोस्रो हाफमा बंगलादेशले बराबरी गोल ग¥यो । ७५ मिनेटमा सागोरिकाले बंगलादेशका लागि बराबरी गोल गरिन् ।
बराबरीसँगै बंगलादेशको उपाधि लक्ष्य सकिएको छ । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिएको थियो ।
यसअघि नेपालले रसियासँग ३–० र भारतसँग ४–१ को हार बेहोरेको थियो । नेपालले भुटानलाई भने ५–० गोलले पराजित गरेको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ ।
अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । मंगलबार राति भारतसँग बराबरी खेले रसिया च्याम्पियन हुनेछ । भारतले फराकिलो अन्तरले जित निकाले उपाधि जित्नेछ ।