Nic Ad Nic Ad
Nic Ad Nic Ad

सवारी बुकिङका लागि ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी

मंगलबार, चैत १४, २०७९

काठमाडौं –राकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्याय अन्तर्गत ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डू मार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको छ । यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले एपभित्र सिधै ट्याक्सी बुक गर्न सकिनेछ ।  

ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन केसीका अनुसार यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ । भाइबरमा ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटको हाम्रो लक्ष्य भनेको नेपाली जनता हरुलाई घर कसरी पुग्ने भन्ने चिन्ता नगरी आआफ्ना प्रियजनहरूसँग रमाइलो गर्न र उत्सव मनाउनका थप समय बिताउन मद्दत गर्नु हो । अब प्रयोगकर्ताहरूले भाइबर च्याटबटबाट सजिलै ट्याक्सी बुक गर्न सक्छन् । ट्याक्सी सवारीका लागि धेरै थरि एपहरू डाउनलोड गर्न आवश्यक छैन ।

ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बट मार्फत प्रयोगकर्ताहरूले अब एक एपबाट अर्को एपमा स्विच नगरिकन धेरै सुविधाहरूको मज्जा लिन सक्ने छन् ।

साथै अप्रिलदेखि सेप्टेम्बर २०२३ सम्म ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताहरूका लागि ६०५ सम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुनेछन् ।  प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथीसंगी र नातागोताहरूलाई च्याटबटमा पठाउँदा २०५ छुट पनि पाउनेछन् । 

यस नयाँ कार्यको सुरुवातले चालक र यात्रुहरू दुवैलाई प्रोत्साहन मिल्नेछ। ट्याक्सीमाण्डूका चालकहरूले बटमार्फत गरिएका सवारी अनुरोधहरूका लागि कमिसन बाँड्नु पर्ने छैन, जबकि लामो रुटहरूमा निस्शुल्क सवारीको विशेष प्रस्तावहरूले ग्राहकहरूलाई पनि यस नयाँ सुविधा प्रयोग गरिरहन प्रोत्साहित गर्नेछ । ट्याक्सीमाण्डू र राकुटेन भाइबर एन्ड्रोइड र आईओएसका लागि डाउनलोड गर्न सकिने छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्