Nic Ad Nic Ad
Nic Ad Nic Ad

पायोनियर मोटो कर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

मंगलबार, चैत १४, २०७९

काठमाडौं –पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज प्रस्तुत गरेको छ । जुन निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर सेल्स सेवा भएको कम्पनीको भनाइ छ ।

यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर सेल्सको प्याकेज भएको कम्पनीले बताएको छ ।

यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पु¥याउने तरिकालाई पनि अवलम्बन गरेको छ। पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पु¥याउने कुरा सुनिश्चित गर्दछ ।

यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँडिएको जनाइएको छ । सिल्भर प्याकेजमा निस्शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन् ।


 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्