ओलम्पिकमा रुस र बेलारुसका खेलाडीले देशको झण्डा बोक्न नपाउने, तर तटस्थरूपमा प्रतिस्पर्धा गर्नसक्ने
लसान्ने– ओलम्पिक प्रमुखहरूले मङ्गलबार रुसी र बेलारुसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिस्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् ।
आइओसीका अध्यक्ष थोमस बाचले अन्तरराष्ट्रिय महासङ्घ र अन्तरराष्ट्रिय खेलकुद कार्यक्रम आयोजकहरूसँग यस्तो बताएका हुन् ।
उनले भने, ‘रुसी वा बेलारुसी पासपोर्ट भएका खेलाडीहरूले व्यक्तिगत तटस्थ एथलिटको रूपमा मात्र प्रतिस्पर्धा गगर्नसक्ने छन् ।’
रुसले युक्रेनमाथि आक्रमण गरेपछि र बेलारुसले त्यसको समर्थन गरेपछि उनीहरू खेलकुदमा समेत कारबाही भोगिरहेका छन् ।
आमामी वर्ष फ्रान्सको पेरिसमा समर ओलम्पिक भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०५:५७
प्रतिक्रिया दिनुहोस्