चीनको एक शीत भण्डारमा आगलागी : ११ जनाको मृत्यु
हिजियाजुआङ– उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
दिउँसो करिब २ः३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो।
सो आगलागी १०ः५५ बजे राति यो निभाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०६:०५
प्रतिक्रिया दिनुहोस्