हरित अर्थतन्त्र अपनाउँदै श्रीलङ्का
कोलम्बो– श्रीलङ्काको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको छ ।
राष्ट्रपतिको मिडिया डिभिजन (पिएमडी)ले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ।
'श्रीलङ्कासँग नवीकरणीय स्रोतहरू जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरू मार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले हरित अर्थतन्त्रमा परिणत हुनु नै श्रीलङ्काको बलियो अर्थतन्त्र निर्माणको आधार हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानुनी आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०६:१६
प्रतिक्रिया दिनुहोस्