नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौँ– आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

यसैगरी, कोसी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन-चट्यासहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता