नेभिगेशन
समाज विविध

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौँ– पूर्वी पहाडी जिल्ला ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर नेपालमा भूकम्प गएको छ ।

गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङसँगै पाँचथर, संखुवासभा र तेह्रथुममा पनि महशुस भएको बताइएको छ ।

पछिल्लो समय नेपालमा साना भूकम्प गइरहेका छन् ।

दुई दिनअघि बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा