प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको भवनमा आज दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८-७९) पेस गर्ने पहिलो कार्यसूची छ ।
यस्तै, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रस्ताव पेस गर्नेछन् ।
गत पुस २५ गतेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु भएको थियो । यो अवधिमा तीनवटा विधेयक दर्ता भएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०८:३२
प्रतिक्रिया दिनुहोस्