Nic Ad Nic Ad
Nic Ad Nic Ad

झण्डै ४ दशकपछि स्पेन स्कटल्यान्डसँग स्तब्ध

बुधबार, चैत १५, २०७९

काठमाडौँ– झण्डै चार दशक अर्थात ३९ वर्षपछि तुलनात्मक बलियाे मानिएकाे स्पेन स्कटल्यान्डसँग स्तब्ध बनेको छ ।  

सन् २०२४ मा जर्मनीमा हुन गइरहेको युरोकप फुटबलको छनोटअन्तर्गत गएराति भएको समूह ‘ए’को खेलमा स्पेन स्कटल्यान्डसँग २–० ले पराजित भएपछि स्तब्ध बनेको हो ।

घरेलु टोली स्कटल्यान्डलाई जित दिलाउन स्कट म्याकटोमिनीले दुई गरेका थिए । 

हाम्पडेन पार्कमा भएको खेलमा म्याकटोमिनीले खेलसातौं र ५१ औं मिनेटमा गोल गरेका हुन् ।

यससँगै स्कटल्यान्डले ३९ वर्षपछि स्पेनलाई हराएको हो । यसअघि १९८४ मा विश्वकप छनोटमा स्कटल्यान्डले स्पेनलाई पराजित गरेको थियो ।

युरोकप छनोटमा लगातार शतप्रतिशत दोस्रो जित निकालेपछि स्कटल्यान्ड ६ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ ।

पराजित स्पेन ३ अंकमा साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा स्पेनले नर्वेलाई ३–० ले हराएको थियो । 

स्पेन सर्वाधिक तीन पटकको युरोकप विजेता हो । जर्मनीले पनि तीनपटक नै जितेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्