नेभिगेशन
समाज विविध

सेतो मच्छिन्द्रनाथ रथयात्रा आजदेखि सुरु, यस्तो छ रुट

काठमाडौं –सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबारदेखि सुरु हुँदैछ । सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले बुधबार पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पु¥याइने जनाएको छ ।

समितिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । ३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रवहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

सेतो मच्छिन्द्रनाथको रथजात्राको कारण काठमाडौको भित्री सडकमा बुधबारदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरी आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । रथ यात्राका क्रममा सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

यस्तो छ रथयात्राको रूट

१५ चैत साँझ ४ः०० बजे – मछिन्द्र बहालदेखि तीनधारा पाठशालसम्म खतयात्रा

१५ चैत साँझ ५ देखि ६ः३० सम्म – जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन

१६ चैत साँझ ५ देखि ६ः३० सम्म – असन, बालकुमारी, इन्द्रचोक, मखन हुँदै हनुमानढोका

१७ चैत साँझ ४ देखि ६ः३० सम्म – हनुमानढोका, मरु, चिकमुगल, जैसेदेगल हुँदै लगन

१८ चैत साँझ ५ः३० देखि ६ः३० सम्म – आमाको रुख घुम्ने

१९ चैत  साँझ ५ः३० देखि ७ः३० सम्म – लगन, ज्यबहाल द्यो, यूतुननि, कोहिटी, भीमसेनस्थान, मारु, प्याफल हुँदै जनबहाल


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध