नेभिगेशन
अटोमोबाइल्स

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण

काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिब ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता थियो । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कंडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्ट लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो । 

कार्यक्रममालाई नायव प्रमुख कार्यकारी अधिकृत कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तरूप प्रदान गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जनाइएको छ  यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपलाई थप निखार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास गरेको छ ।

कार्यक्रममा ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ संँग सम्बन्धित प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स