नेभिगेशन
समाज विविध

पशुपतिनाथ मन्दिरमा प्लास्टिकजन्य सामान निषेध [सूचनासहित]

काठमाडौं –पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामानलाई निषेध गरेको छ । कोषले एक सूचना निकालेर पशुपति क्षेत्रमा प्लास्टिकजन्य सामग्री लिएर नआउन आग्रह गरेको छ । पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो ।
‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन हाम्रो आग्रह छ’, कोषले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सफल बनाउन हामी सबै जुटौं ।’
‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिषसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ सुरु गरिसकेको छ ।

Capture16800545781680067698.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता