Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता साझेदार दलको बैठक सुरु

बुधबार, चैत १५, २०७९

काठमाडौं –मन्त्रालय बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । दलहरूबीच मन्त्रालयको भागवण्डाको टुंगो लगाउन बैठक बसेको हो । मंगलबार साँझ बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि बुधबार बिहान पुनः बस्ने निर्णय भएको थियो ।

मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न मंगलबार बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालय बाँडफाँटका बिषयमा दलहरूबीच सहमति जुट्न नसकेको हो । 

बैठकमा आफूहरूले पाउने मन्त्रालयका बिषयमा दलहरू आ–आफ्नै अडान प्रस्तुत गरेका थिए ।
बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र त्यसमाथि आज थप छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले मंगलबार बताएका थिए ।
लेखकले दलहरूबीच विवाद नरहेको र छिट्टै सरकार विस्तार हुने दाबी गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्