सत्ता गठबन्धनको बैठक अहिले बिनानिष्कर्ष टुंगियो, ३ बजे पुनः बस्ने
काठमाडौँ– सत्ता साझेदार दलहरूको बैठक अहिलेलाई बिनानिष्कर्ष सकिएको छ ।
मन्त्रालय भागबण्डाका विषय टुंगो लगाउन आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे पुनः बस्नेगरी सकिएको हो ।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सबैले आ–आफ्नै अडान नछोडेका कारण अहिलेलाई बैठक स्थगित भएको बताइएको छ ।
दिउँसो ३ बजेको बैठकपछि सहमति भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको बताइएको छ ।
बैठकमा आफूहरूले पाउने मन्त्रालयका बिषयमा दलहरू आ–आफ्नै अडान प्रस्तुत गरेका थिए ।
मंगलबारको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १२:०१
प्रतिक्रिया दिनुहोस्