बढुवा भएका नेपाल प्रहरीका ४ एआइजीको पदस्थापन यसरी !
काठमाडौँ– सरकारले हालै बढुवा भएका नेपाल प्रहरीका चारजना अतिरिक्त महानिरीक्षक (एआइजी)को पदस्थापन गरेको छ । मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ । सिआइबी देशभरका ठूला तथा जघन्य अपराध अनुसन्धान गर्ने ठाउँ हो ।
यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआइजी श्यामलाल ज्ञवालीको पदस्थापन गरिएको छ । यो उपत्यकाका तीनवटै जिल्लाको कमाण्ड कन्ट्रोल हुने ठाउँ हो ।
यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राईलाई पदस्थापन गरिएको छ । यो प्रहरी कर्मचारीको वृद्धि विकास, तालिम र कर्मचारीको उत्पादनसँग सम्बन्धित ठाउँ हो ।
यसैगरी, प्रशासन विभागमा एआइजी दीपक थापालाई पदस्थापन गरिएको छ । यो प्रहरी प्रशासनसँग सम्बन्धित क्षेत्र हो ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १३:५०
प्रतिक्रिया दिनुहोस्