Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिकतासम्बन्धी कानुन संसदको चालु अधिवेशनमै टेबल गर्न गगन थापाको माग

बुधबार, चैत १५, २०७९

काठमाडौं –नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकतासम्बन्धी कानुन चालु संसद् अधिवेशनमा टेबल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभा बुधबार बसेको बैठकमा उनले नागरिकतासम्बन्धी कानुन अभिलम्ब पारित गर्नुपर्ने बताए । 

‘नागरिकता कानुनका सम्बन्धमा राजनीतिक दलहरूको जेजे विमति छ । विमतिलाई थाति राखेर हाम्रो बीचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानले संविधानतः नागरिकता पाउने कुराको कार्यान्वयन गर्न, आमाको नाममा नागरिकता पाउने कुरामा कार्यान्वयन गर्न हामी एकमत छौँ,’थापाले भने, ‘ती विषयलाई मात्रै समेटेर भए मात्रै पनि अभिलम्ब संसद्बाट पारित गर्ने गरी नागरिकता सम्बन्धी कानुन यही यही सत्रमा टेबल गर्न गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

उनले नागरिक भएर पनि नागरिकताको प्रमाणपत्र नहुँदाको अपमान नागरिकता भएकाहरूले बुझ्न नसकेको बताए ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्