Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्टी सचेतकमाथि सत्तापक्षबाट दुर्व्यवहार भयो : लिङ्देन

बुधबार, चैत १५, २०७९

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान लागेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले मिटरब्याजीपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन मंगलबार माइतीघर पुगेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध सत्तापक्षका कार्यकर्ताले दुर्व्यवहारको प्रयास गरेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

माइतीघर पुगेका शाहीलाई मिटरब्याजी पीडितहरुले राजावादीको समर्थन नचाहिने भन्दै नाराबाजी गरेका थिए ।

‘एउटा जिम्मेवार दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यबद्धता व्यक्त गर्न जाँदा सत्तापक्षका कार्यकर्ताबाट प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो, म त्यसको घोर निन्दा र भत्र्सना गर्दछु,’ लिङ्देनले भने ।

‘के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजवादी हुने छुट कुनै नागरिकलाई छैन ?’उनले प्रश्न गरे । उनले मुठभेड निम्त्याउन अग्रसर नहुन सरकारलाई आग्रह गरे । मिटरब्याजीपीडितको समस्या ढाकछोप नगर्न र समाधान गर्न उनको आग्रह छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्