Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस उपसभापति खड्का उपप्रधानसहित रक्षा मन्त्री बन्दै

बुधबार, चैत १५, २०७९

काठमाडौं –पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदैछ । कांग्रेसले ८ मन्त्रालयमा दाबी पेस गरेको छ ।

कांग्रेसले मन्त्रिपरिषद्मा अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।

प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका ९ दलसँग पहिलो चरणमा मन्त्रिपरिषद् विस्तारका लागि १÷१ जनाको नाम मागेका छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार