नेभिगेशन
समाचार

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा थापा

हेटौँडा– बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा.नरविक्रम थापा नियुक्त भएका छन् । 

आज बसेको बागमती प्रदेशको मन्त्री परिषद्को बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

यसैगरी, बैकठले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । 

साथै, २०८० वैशाख १ गतेदेखि बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा विद्युतीय हाजिर लागू गरिने सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनको अनुसार मन्त्रिपरिषद्को बैठकले चेपाङ्गहरुको न्वागी र माझी समुदायको लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार