Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘रुस र चीनले युक्रेन युद्धपछि आणविक हतियारको सङ्ख्या झनै बढाए’

बिहीबार, चैत १६, २०७९


 ओस्लो– युक्रेनमा जारी युद्धपछि आणविक तनाव बढ्दै गएपछि बुधबार सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रुस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख्या वृद्धि भएको जनाएको छ ।

नर्वेली जनताका लागि सहयोग (एनपिए) नामक गैरसरकारी संस्थाद्वारा प्रकाशित आणविक हतियार प्रतिबन्ध अनुगमनको रिपोर्ट अनुसार सन् २०२३ मा नौ वटा आधिकारिक र अनौपचारिक आणविक शक्ति सम्पन्न मुलुकसँग नौ हजार ५७६ वटा तयारी हतियार रहेका छन् । 

ती हतियारमा एक हजार ३५० भन्दा बढी हिरोशिमा आक्रमण भएका बम बराबरका ‘सामूहिक विनाशकारी उर्जा शक्ति’ रहेको प्रतिवेदनमा उल्लेख छ ।

रुसले युक्रेनमाथिको आक्रमण र पूर्वी युरोपेली मुलुकलाई पश्चिमी सैन्य सहायताको सम्बन्धमा बारम्बार आणविक खतरा उठाएको बेला यो तथ्याङ्क प्रकाशित गरिएको हो ।

शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा ‘रणनीतिक आणविक हतियार तैनाथ गर्न’ मिन्स्कसँग सहमत भएको घोषणा गरेका थिए । 

गत वर्ष प्रयोगका लागि तयार पारिएको विश्वव्यापी आणविक भण्डारमा थप १३६ वटा ‘वारहेड’को श्रेय पाँच हजार ८८९ वारहेड भएको विश्वको सबैभन्दा ठूलो शस्त्रागार रुस तथा चीन, भारत, उत्तर कोरिया र पाकिस्तानलाई दिइएको थियो ।

‘यो वृद्धि चिन्ताको विषय हो र सन् २०१७ देखि सुरु भएको यो प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ,’ आणविक हतियार प्रतिबन्ध निरक्षिणका सम्पादक ग्रेटे लाउग्लो ओस्टर्नले एक विज्ञप्तिमा भनृेका छन् ।

यसैबीच विश्वमा सेवाबाट हटाइएकासहित आणविक हतियारको कुल भण्डार घट्दै गइरहेको छ । गत वर्ष, रुस र संयुक्त राज्य अमेरिकामा पुराना ‘वारहेड’हरूको नस्ट गरिएका कारण आणविक हतियारहरूको सङ्ख्या १२ हजार ७०५ बाट घटेर १२ हजार ५१२ मा झरेको छ ।

नयाँ वारहेडहरू थप्ने क्रम नरोकिएसम्म विश्वमा आणविक हतियारहरूको कुल सङ्ख्या पनि चाँडै शीत युद्धपछि पहिलो पटक फेरि बढ्न तर ओस्टर्नले बताए । 

आधिकारिकरूपमा आठ आणविक शक्ति राष्ट्रहरू संयुक्त राज्य अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र उत्तर कोरिया हुन् भने इजरायलसँग अनौपचारिक रूपमा आणविक हतियार रहेको अनुमान छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्