नेभिगेशन
समाज विविध

कस्तो रहला आजको मौसम ?

काठमाडौँ– आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

यस्तै, देशका पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित  बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

‘देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता