नेभिगेशन
समाचार

मन्त्रीको नाम टुंग्याउन कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ– सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउन आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको कांगेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि मंगलबार बस्ने तय भएको बैठक आजका लागि सरेको थियो ।

कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने लगभग पक्का छ । बाँकी ७ जनाको नाम आजै टुंगिनेछ ।

कांग्रेसले नाम टुंग्याएपछि प्रधानमन्त्री प्रचण्डले सम्भवत आजै मन्त्रिपरिषद् विस्ता गर्नेछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार