आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन् ।
आज दिउँसोसम्ममा सबै दलले मन्त्रीहरूको नामावली दिने र सम्भवत आज साँझ नै मीनत्रपरिषद् विस्ता गर्ने तयारीमा प्रधानकन्त्री प्रचण्ड रहेको उनको सचिवालयले जनाएबको छ ।
बुधबार सत्ता गठबन्धन दलका नेताहरूसँग भएको बेग्लाबेग्लै छलफलमा उनले सबै दलले मन्त्रालय संख्या पनि टुंग्याउने बताएका थिए ।
सत्ता गठबन्धनमा रहेका दलले पनि आफूले पाउनु पर्ने मन्त्रालयको दाबी प्रधानमन्त्री प्रचण्डसमक्ष पेस गरिसकेका छन् ।
बुधबारको बैठकमा नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र)ले ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले २-२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १÷१ मन्त्रालय पाउने समझदारी बनेको बताइएको छ ।
यसैबीच, कांग्रेसको कार्यसम्पादन बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने लगभग पक्का छ । बाँकी ७ जनाको नाम टुंगिनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् । अहिले उनी उनीहरूसँग संवादमा रहेको बताइएको छ ।