Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने, प्रधानमन्त्री चितवनबाट आएपछि फेरि बैठक

बिहीबार, चैत १६, २०७९

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन गएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । ‘जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहररू पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरूले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ,’ नेता श्रेष्ठले भने ।

\प्रधानमन्त्री प्रचण्डले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागतरुपमा निर्णय गरौँ भनिएको हो,’ उहाँले भने । 

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र)ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुई÷दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक-एक मन्त्रालय लिने तय भएको छ । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्