आज नभए भोलिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड
चितवन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार अबेरसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने बताएका छन् ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै कुरा मिलिसकेकाले सकेसम्म बिहीबार बेलुका मन्त्रिपरिषद विस्तार गरिने बताए ।
‘यदि आज नभए भोलि बिहान मन्त्रिपरिषद बिस्तार हुन्छ’ प्रधानमन्त्रीले भने । ‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला । काम हाम्रो सकिएको छ । एक÷दुईवटा मन्त्रालय मिलाउन बाँकी छ । अरु टुंगिएको छ,’ उनले भने ।
नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको उनको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्