Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमोदको स्वरमा आयो ‘के अर्थ’ [भिडियोसहित]

बिहीबार, चैत १६, २०७९

काठमाडौं –गायक प्रमोद खरेलको स्वरमा रहेको ‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार एनबी अधिकारीको शब्द र अजय तामाङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र सुरज अधिकारीले अभिनय गरेका छन् ।

सुरजले यसभन्दा अगाडि केही भिडियोमा सहायक भूमिकामा अभिनय गरेका छन् । यो गीतबाट भने उनले एकल डेब्यू गरेका हुन् ।

सुबोल थापाले निर्देशन गरेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियो यात्रा इन्ट्रटेनमेन्ट् यूट्युव चच्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्