शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित घुससहित पक्राउ
भैरहवा –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा– ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गाउँपालिकाका रहेको नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्