एकीकृत समाजवादीका भुसाल शिक्षा र ज्वाला यातायात मन्त्री बन्दै
काठमाडौं–सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी)ले सरकारमा २ वटा मन्त्रालय पाएको छ । पार्टीले उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागि हुँदैछ । भुसाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र उमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्दैछन् ।
राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन बिताएका नेता हुन् । उनले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १२:५०
प्रतिक्रिया दिनुहोस्