Nic Ad Nic Ad
Nic Ad Nic Ad

पछिल्लो १५ दिनमा झण्डै साढे २७ अर्ब राजस्व संकलन

बिहीबार, चैत १६, २०७९

काठमाडौं –पछिल्लो १५ दिनमा २७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ चैतदेखि १५ चैतसम्म राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसयता १५ चैतसम्म ६ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 

जसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क शिक्षा सेवा शुल्क, आयकरलगायत शीर्षकमा ६ खर्ब ९ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ भने अन्य प्राप्तिबापत ३५ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको हो ।

चालु आर्थिक वर्ष सकिन अब साढे ३ महिना बाँकी रहेको छ । तर, हालसम्म लक्ष्यको साढे ४३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । 

चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । जसमा कर राजस्वबापत १२ खर्ब ९५ अर्ब ३७ करोड र  गैरकर राजस्वबापत १ अर्ब ७ अर्ब ७७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

महालेखाका अनुसार १५ चैतसम्म कर राजस्वतर्फ ५ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ भने गैरकर राजस्वतर्फ ५८ अर्ब ७० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रतिशतका आधारमा १५ चैतसम्म कर राजस्वतर्फ लक्ष्यको ४२ दशमलव ५४ प्रतिशत र गैरकर राजस्वतर्फ ५४ दशमलव ४७ प्रतिशत असुली भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्