Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसमा सभापति देउवालाई मन्त्रीको टुंगो लगाउन जिम्मा

बिहीबार, चैत १६, २०७९

काठमाडौं – नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंगो लगाउन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । 
कांग्रेसको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको हो ।
बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘नामको विषयमा मापदण्डलाई आधार बनाएर  सभापतिले सबैसँग छलफल गरी टुंगो लगाउनु हुन्छ ।’
योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री छान्ने उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री बन्दै छन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले ८ जना मन्त्री पठाउने तयारी गरेको हो । खड्का उपप्रधान र रक्षा मन्त्री बन्दैछन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्