प्रधानमन्त्री प्रचण्डको दाबी– चितवनको क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरु हुन्छ
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरु हुने जानकारी दिएका छन् ।
भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार आज शिलान्यास गर्दै उनले रङ्गशालाको समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने बताए ।
उनले भने, ‘त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण अगाडि बढ्छ ।’
कलाकारद्वय सीताराम कट्टेल भुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले आर्थिक अभावका कारण हात झिकेपछि सो रङ्गशाला अलपत्र छ ।
यसअघि प्रचण्डपुत्रीसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि रङ्गशाला निर्माण हुने आश्वासन दिएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १४:१०
प्रतिक्रिया दिनुहोस्