Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू–२० विश्वकप आयोजकबाट इन्डोनेसिया हटाइयो

बिहीबार, चैत १६, २०७९

काठमाडौं –फुटबलको विश्व सर्वोच्च संस्था फिफाले इन्डोनेसियालाई यही वर्ष हुने यू–२० विश्वकप आयोजकबाट हटाएको छ । 

फिफा अध्यक्ष जियानी इन्फेन्टिनो र इन्डोनेसियाली फुटबल महासंघका अध्यक्ष एरिक थोहिरको भेटवार्तापछि फिफाले इन्डोनेसियालाई आयोजना गर्न नदिने निर्णय गरेको हो । 

फिफाले योसँगै अब नयाँ आयोजक घोषणा गरिने जनाएको छ । यद्यपि प्रतियोगिताको मिति भने परिवर्तन गरिएको छैन । इन्डोनेसियाली महासंघविरुद्ध लगाइने प्रतिबन्धबारे पनि चाँडै निर्णय हुनसक्ने बताइएको छ । 

फिफाले महासंघलाई यसका बाबजुद सक्रिय सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।   


 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्