Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार र मिटरब्याज पीडितबीच पहिलो चरणको वार्ता सकियो, दोस्रो वार्ता आजै साँझ

बिहीबार, चैत १६, २०७९

काठमाडौं –सरकार र मिटरब्याज पीडितबीच बिहीबार पहिलो चरणको वार्ता भएको छ । 

गृह मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आआफ्नो धारणा राखेका थिए । उनीहरू बिहीबार साँझ फेरि बस्दैछन् ।

मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार बिहीबार साँझ ६ बजे अर्को बैठक बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको थिए ।

समितिले जफल भएको जमिन फिर्ता गरिनुपर्ने, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्ने, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्ने लगायतका माग बैठकलाई राखेको संयोजक पासवानले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्