१०.८७ अंकले घट्यो सेयर बजार, ८९ करोडकोे कारोबार
काठमाडौं– सातााको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.८७ अंकले घटेको छ । आज ०.५७ प्रतिशतले घटेको सेयर बजारमा २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच भएको छ । जसबाट ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १९०८.५५ बिन्दुमा आएर सेयर कारोबार बन्द भएकोे छ ।
आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।
सेयर बजार घटे पनि सुपरमाइ हाइड्रोपावर लिमिटेडले ९.९९ प्रतिशतले नाफा कमायो भने सिटिजन्स म्युचुअल फन्ड र कालिन्चोक दर्शन लिमिटेडले ६ प्रतिशतलेको हाराहारीमा नाफा बुक गरे ।
आज आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले ६.०७ प्रतिशतले घाटा ब्यहरोके छ । बिहीबार सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ५ करोड ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको १ लाख १८ हजार ६८८ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी एसियन हाइड्रोपावर लिमिटेडको १७५१ पटक सेयर कारोबार भएको छ ।