Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

बिहीबार, चैत १६, २०७९

काठमाडौं –निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । न्याय परिषद्को परामर्शमा आयोगले बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो ।  चैत १८ गतेदेखि लागु हुने गरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् । 

यस्तै बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।  मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुने उनले बताए  ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्