Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालयन ट्राभल मार्ट जेठमा हुने

बिहीबार, चैत १६, २०७९

काठमाडौं –पर्यटन प्रवर्छननका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी २३ देखि २६ जेठसम्म आयोजना हुन लागेको हो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा बन्नेमा विश्वास व्यक्त गरेको पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताए । उनका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरू र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्