Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एसिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

बिहीबार, चैत १६, २०७९

काठमाडौं –एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गर्दै ‘ग्लोबल मनी विक’ मनाएको छ । 

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’को ११ औं संस्करणका रूपमा लघुवित्तले पनि ६ देखि १२ चैतसम्म सप्ताहव्यापी ‘प्लान योर मनी–प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम गरेको हो । 

कार्यक्रमबाट देशव्यापी रूपमा वित्तीय अनुशासन र चेतना अभिवृद्धि भएको संस्थाले विश्वास लिएको छ ।

अभियानअन्तर्गत संस्थाले वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक श्रव्यदृश्यसहितका अभिमुखीकरण र अन्तक्रिया कार्यक्रमका साथै वित्तीय साक्षरता झल्काउने नाराहरूको प्लेकार्ड सहितको ¥याली गरेको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी देशहरूमा संचालन हुदै आएको ‘ग्लोबल मनी विक’ मूलतः वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ मिनाइने अभियान हो । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्