Nic Ad Nic Ad
Nic Ad Nic Ad

कस्तो छ पोप फ्रान्सिसको स्वास्थ्य अवस्था ?

शुक्रबार, चैत १७, २०७९

भ्याटिकन सिटी– भ्याटिकनपोप फ्रान्सिसले श्वासप्रश्वासको सङ्क्रमणका कारण एक रात अस्पतालमा बिताएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको भ्याटिकनले बिहीबार जानकारी दिएको छ । 

‘पोपले रातको समयमा राम्ररी आराम गरेका छन् । उनको क्लिनिकल अनुसन्धानले क्रमिक सुधार भइरहेको देखाएको छ । उनले आफ्नो पूर्ववतरूपमा दिइएको चिकित्सकको सुझाब अनुसार योजनाबद्ध रूपमा उपचार जारी राख्नुभएको छ,’ प्रवक्ता माटेओ ब्रुनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार बिहान नास्तापछि, उहाँले केही पत्रिकाहरू पढ्नुभयो र फेरि काम गर्न थाल्नुभयो । लन्च अघि, उहाँ निजी (अस्पताल) अपार्टमेन्टको सानो चैपलमा गई प्रार्थना गर्नुभयो र भोजन (प्रसाद) लिनुभयो ।’

पोप फ्रान्सिसलाई पूर्वनियोजित जाँचका लागि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना गरिएको भ्याटिकनले जनाएको छ ।

उनले श्वासप्रश्वासमा समस्या भएको बताएपछि भर्ना गरिएको र उनलाई श्वासप्रश्वासमा सङ्क्रमण भएको पत्ता लागेको छ । समस्या कोभिडसँग सम्बन्धित नरहेको भएपनि उहाँलाई ‘केही दिन’ अस्पतालमा उपचारको आवश्यकता छ ।

यसै महिनाको सुरुमा क्याथोलिक चर्चको प्रमुखको रूपमा १० वर्ष पूरा गरेका अर्जेन्टिनी धर्मगुरूले जीवनभर धेरै स्वास्थ्य समस्याहरू भोगेका छन् । उनको २१ वर्षको उमेरमा फोक्सोको एउटा भागको उपचार गरिएको थियो । 

व्यस्त तालिका र व्यापक यात्रा गर्दै गर्दा उनले विगत एक वर्षदेखि घुँडाको दुखाइका कारण ह्विलचेयर प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्