देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ– आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
रातिको मोस्म पनि प्रायः उस्तै रहने महाशाखाको अनुमान छ ।
‘राति देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ०६:३०
प्रतिक्रिया दिनुहोस्