शाओमी नेपालका् ‘मि–शन’ शिक्षा सुरु
काठमाडौं –नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा अवस्थित छन् । शाओमी नेपाल अप्ठयारोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय छ । साथै यसले समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्यहरू गर्दै आएको छ ।
शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिदै समुदायको विकासमा योगदान गर्दै आएको छ । शाओमीले समुदायमा सकृय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा शाओमीले गोदावरीस्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग, स्टेशनरी सामान, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजर प्रदान गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए ।