Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनका लागि तनहुँ–१ र बारा–२ मा २६ दल दर्ता

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता भएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ वटा दल दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । सोही दिन उपनिर्वाचन हुने चितवन–२ मा भने यसअघि नै दल दर्ताको निर्णय भइसकेको छ । चितवनमा १८ दल दर्ता छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलहरूलाई आयोगमा दर्ता भएको क्रमको आधारमा उमेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय पनि भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्