Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री नबनाइएपछि प्रभु साहको पार्टीले भन्यो–प्रचण्डबाट धोका भयो

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनत्री बनाउने आश्वासन दिएका थिए । उनको नाम मन्त्री बनाइनेहरूको अन्तिम सूचीमा पनि थियो । तर अन्तिम क्षणमा साह मन्त्री बनाएन । 

samridhi jewllers

अध्यक्ष साह मन्त्री नबनेपछि पार्टीले आफूहरूलाई धोका भएको प्रतिक्रिया दिएको छ । आजपाका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्री प्रचण्डले प्रभु साहलाई मन्त्री नबनाएर धोका दिएको आरोप लगाएका छन् । 

‘गठबन्धनको बैठकमा स्वयं प्रधानमन्त्रीले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीबाट मन्त्रीको नाम दिनु भन्नु भएको थियो, पार्टीले साहलाई मन्त्रीको लागि नाम सिफारिश गरेको थियो तर सरकार पुनर्गठन गर्दा भने पार्टीलाई सहभागी नगराउनु भनेको अपमान हो, धोखा हो,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले साहलाई मन्त्री बनाउने बचन दिएका थिए । तर, अन्तिम समयमा पनि साहलाई मन्त्री नबनाइएपछि पार्टी सन्तुष्ट बनेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्