Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन–२ मा एमालेबाट न्यौपाने एकल सिफारिस

शुक्रबार, चैत १७, २०७९

काठमाडौं – चितवन –२ को उपनिर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ । 

एमाले चितवन अध्यक्षसमेत रहेका न्यौपानेलाई जिल्ला कमिटीले एकल सिफारिस गरेको हो । चितवन–२ को उम्मेदवारका लागि एमालेका नेताहरू देवी ज्ञवाली, विजय सुवेदी लगायतको पनि चर्चा थियो ।

न्यौपाने मंसिर ४ को निर्वाचनमा चितवन–३ बाट उमेदवारी दिएका थिए । तर, नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्