यसरी कार्यभार सम्हाले मन्त्रीहरू [तस्बिर कथा]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दल सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिपरिषद विस्तार गरे पनि अझै पूर्णता दिन भने सकेका छैनन्। अझै पनि केही मन्त्रालय खाली नै छन्
शपथ ग्रहण गरेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई लगायतले शुक्रबार नै मन्त्रालयमा पुगेर कार्यभार पनि सम्हालेका छन् ।
मन्त्रीहरूले कार्यभार सम्हालेको क्षणको तस्बिर कथा-
अर्थमन्त्री डा. प्रकाशशरण महत
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, अशोक राई
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, महिन्द्र राय यादव
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, शक्ति बस्नेत
शहरी विकास मन्त्री, सीता गुरूङ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, रञ्जिता श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री, नारायणकाजी श्रेष्ठ
उपप्रधान तथा रक्षा मन्त्री, पूर्णबहादुर खड्का
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शरद सिंह भण्डारी