सरकार न्यूनतम साझा कार्यक्रमका प्राथमिकताअनुसार अघि बढ्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौं –उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले छिट्टै सरकारका न्यूनतम साझा कार्यक्रम जारी गरिने र त्यसमा निर्धारण गरिएका प्राथमिकताअनुसार सरकार अघि बढ्ने बताएका छन् ।
शपथग्रहणलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका खड्काले पत्रकारहरूसँग कुराकानी गर्दै न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको र छिट्टै जारी गरिने बताए ।
‘छिट्टै सरकारका न्यूनतम साझा कार्यक्रम आउँछ । त्यहाँ उल्लेख गरिएका प्राथमिकताअनुसार नै सरकार अघि बढ्छ,’ उनले भने, ‘सरकार बिस्तारका काम लगभग सकिएको छ ।’
उनले न्यूनतम साझा कार्यक्रमकै आधारमा बजेट निर्माण गरिनेसमेत बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १९:४७
प्रतिक्रिया दिनुहोस्