नेपालले जित्यो प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि
काठमाडौं –उत्कृष्ट पुनरागमन गर्दै नेपालले लाओसलाई २–१ ले पराजित गरेर प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ ।
नेपालले लाओसलाई हराएको यो तेस्रोपटक हो । यसअघि यही प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसअघि २०१६ नोभेम्बरमा सप्पन्न एएफसी सोलिराडिटी कपमा लाओस पेनाल्टी सुटआउटमा नेपालसँग ३–२ ले पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार नेपाललले लाओसलाइ पराजित गरेको हो ।
खेल सकिन तीन बाँकी हुँदा मनिष डाँगीले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वैकल्पिक खेलाडी अञ्जन विष्टको पासमा मनिषले पनाल्टी क्षेत्रको दायाँ भागबाट पहिलो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो पछिल्लोपटक भुटानविरुद्धको टिममा तीन खेलाडी खेलाडी परिवर्तन गरेका थिए ।
उनले अञ्जन विष्टको स्थानमा मनिष डाँगी, नवयुग श्रेष्ठको स्थानमा दीपकराज सिंह ठकुरी, पुजन उपरकोटीको स्थानमा मणीकुमार लामालाई पहिलो रोजाइमा खेलाएका छन् ।