प्रधानमन्त्री त्रिदेशीय कप : आयुष भए ‘म्यान अफ द टुर्नामेन्ट’, मनिष बने ‘म्यान अफ द म्याच’
काठमाडौं –नेपालका आयुष घलान ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।
शुक्रबार साँझ लाओसविरुद्धको खेलमा आयुषले खेलको २४औँ मिनेटमा बराबरी गोल गरेका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ भने मनिष डाँगी बने । उनले नेपालको जितमा निर्णायक गोल गरेका थिए ।
शुक्रबार आयुष र मनिषको गोलमा नेपालले लाओसलाई २–१ ले हराउँदै प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ २०:५८
प्रतिक्रिया दिनुहोस्