देशका अधिकांश भागमा चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाडौँ– आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन ÷ चट्याङ÷ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, रातिको मौसम पनि प्रायः उस्तै रहेको पाइएको छ । ‘राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन ÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ ०६:२४
प्रतिक्रिया दिनुहोस्